
News Front Page
अर्न्तवार्ता
युरो संवाद
पुस्तक वार्ता
कार्टुन अर्काइभ

जनताको आवाज
माओवादीले भनेजस्तै यो सरकारको विकल्प खोज्नुपर्ने अवस्था आएको हो?
सर्वेक्षण
अर्काइभ
बिज्ञापन
मुद्रा रुपान्तरण
एनआरएन पोर्चुगलको स्वागत कार्यक्रम

लिस्बोन/एनआरएन पोर्चुगलले नेपाली दूताबास फ्रान्सका कार्यवाहक राजदूत जीवनकुमार श्रेष्ठको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ ।
एनआरएन पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भेटघाट कार्यक्रममा सङ्घका उपाध्यक्ष भीम केसीले स्वागत मन्तव्य दिएका थिए । आईसीसी सदस्य मकर हमालले कावा राजदूत श्रेष्ठ र अध्यक्ष लक्ष्मी सापकोटाले अवैतानिक कन्सुलर तेरेजालाई खादा ओडाएर स्वागत र सम्मान गरेका थिए ।
कार्यक्रममा पोर्चुगलमा रहेका अधिकांश सङ्घसंस्थाका प्रतिनिधिहरुले आफ्नो विचार राखेका थिए । कार्यक्रममा पोर्चुगल नेपाल मैत्रि सङ्घका उपाध्यक्ष एडवार्ड लिमोस, नेपाल-पोर्चुगल कला सँस्कृति तथा साहित्य सञ्चार परिषद्का अध्यक्ष कुमार श्रेष्ठ, नेपाली समाज पोर्चुगलका अध्यक्ष पदम तुलाचन, जनसम्पर्क समिति पोर्चुगलका कावा अध्यक्ष राजकुमार गौतम, लोकतात्रिक मञ्चका संयोजक बालाराम बिक, गणतात्रिक मोर्चाका अध्यक्ष रामबहादुर गौचन, तमु समाजका अध्यक्ष ज्योति गुरुङ, आदिवासी जनजाती महासङ्घका अध्यक्ष रुद्र लिम्बु, मानवअधिकार तथा शान्ति समाज पोर्चुगलकी महासचिव गीता गिरी, शेर्पा किदुङका अध्यक्ष कान्छा शेर्पा र सुवास अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्य दिने अन्य वक्ताहरुमा पोर्चुगलका लागि नेपाली अवैतनिक कन्सुलर डा.मारिया टेरेजा, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य मकर हमाललगायत थिए ।
कार्यक्रममा अधिकांश वक्ताले स्थाथी कन्सुलरको अभावमा धेरै दुःख झेल्नुपरेको गुनासो गरेका थिए । साथै उनीहरुले पार्चुगलमा मात्र नभई दिल्लीमा भोग्दै आएको समस्याका बारेमा कावा राजदूतमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए । उनीहरुले नेपाली दूताबासबाट नेपालीहरुले झेल्दै आएका समस्याहरुका बारेमा पनि जानकारी दिएका थिए । नेपाल सरकारको तर्फबाट टुर मुकाम व्यवस्था गरिदिएकोमा सरकारप्रति आभार व्यक्त गरे । गत अक्टुबरमा पोर्चुगलबाट आईसीसी सदस्य मकर हमालको नेतृत्वमा एनआरएन पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहितको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिहरुलाई भेटी पोर्चुगलमा दूताबासका समस्याहरु अवगत गराउनुका साथै स्थायी समाधानको माग गरेका थिए ।
- झलक केसी
|
Last Updated : 2010-01-14 07:00:45 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, साउन २२ / देशभरका महिला कलाकारको प्रथमपटक भएको बृहत् कला प्रदर्शनीले कालकारको हौसला बढाउनाका साथै अनुभव, सीप र ज्ञानको आदानप्रदान गर्ने अवसर जुटेको छ ।
नेपालीपत्रको लोकप्रियता एकदम बढी सर्भरमा पर्न गएको लोड लाई मध्यनजर गरी हामीले एसलाई नयाँ सर्भरमा सरेका छौ। अबदेखी www.nepalipatra.com हेर्नुहोला। यो वेबसाईटमा कुनै नयाँ समाचार आप्डेट गरिने छैन।
काठमाडौँ, चैत २२/एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले आफ्नो पार्टीले जुनसुकै उपाय अपनाएर भए पनि सरकार ढाल्ने बताएका छन् । माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा शान्ति र संविधान सम्भव नहुने भन्दै सरकार ढाल्न आवश्यक बहुमत पुगिसकेको उनले दाबी गरे । रिपोर्र्टर्स क्लव नेपालको साक्षात्कार का
काठमाडौ, चैत २२/अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी नगराएको भन्दै तेक्वान्दो खेलाडीहरुले आइतबार खेलकुद मन्त्रालयमा तोडफोड गरेका छन् । खेलकुदमा राजनीतिकरणले सिमा नाघेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मन्त्रालयमा तोडफोड गरेका हुन् । सिंगापुरमा हुने युथ ओलम्पिकका लागि मेक्सिकोमा भएको छ
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










