

अवतारको दोस्रो भागका लागि निर्माता हुरुक्क

"अवतार" फिल्मका निर्माता रहेका न्यूज कर्प अध्यक्ष रूपर्ट मुर्डोकले यसको अर्को भाग बनाउन एउटा विशेष भेट गरेको खुलाएका छन् । अवतारले पछिल्लो समय हलिउडका सबै कमाईको कीर्तिमान तोडेको छ ।
अवतारको डीभीडी रिलिजको तयारीमा रहेको न्यूज कर्पको भगिनी संस्था ट्वेन्टिथ सेन्चुरी फक्सका मालिकसमेत रहेका मुर्डोकले अवतारको थ्रीडी भर्सनलाई डीभीडीमा रिलिज नगर्ने बताएका छन् । तर डीभीडीलाई चाँडोभन्दा चाँडो बजारमा ल्याउन आफू निकै व्यग्र रहेको मुर्डोकले बताएका छन् ।
अवतारका कारण फिल्म निर्माण तथा वितरक कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको आम्दानी आकासिएको देखिएको छ भने यो अझै रोकिने स्थितिमा देखिएको छैन । तर निर्माता र निर्देशकबीच यसको दोस्रो भागका लागि हल्का कुराकानी भएको चाहिँ उनले खुलाएका छन्- "निर्देशक जिमले मलाई अर्को भागका लागि केही सुनाएका छन् तर हामीले कुनै सहमति गरेका छैनौँ न त वचन नै दिएको छु । अब वचन नै नदिएको कुरालाई लिएर बजेट छलफल हुने वा कहिलेसम्म बन्ने भन्ने कुरा अहिलेलाई थाँती रहन्छ नै !" मुर्डोकले अवतारको दोश्रो भागका लागि अातुर भएको बताउन भने चुकेनन् ।
१० वर्षलगाएर अवतार बनाएका निर्देशक क्यामरनलाई इङ्गित गर्दै उनले भने- "उनले १० वर्षलाएर फिल्म बनाए, केही वर्षत सास फेर्ने अवसर त दिनै पर्ला !" अवतारले हालै अस्कर अवार्डमा नौ विधामा नामाङ्कित हुने अवसर पाएको छ भने अहिलेसम्मकै महँगो फिल्म र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मसमेत बनेको छ ।
|
Last Updated : 2010-02-03 06:27:21 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










