

उपप्रधानमन्त्री कोइराला र नर्वेली मन्त्रीबीच भेट
नर्वे/उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले युरोप भ्रमणका क्रममा नर्वेली विदेशमन्त्री जोनास गार स्टोरसँग ओस्लोमा भेट गरेकी छन् । भेटमा नेपाल-नर्वे द्विपक्षीय सम्बन्ध, विश्व तापमानको असर र अल्पविकसित राष्ट्रहरुले भोगिरहेका समस्याबारे छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । कोइरालाले नेपालको वर्तमान राजनीतिक समस्या र शान्तिप्रक्रियामा नर्वेले खेलेको भूमिकाको पनि प्रशंसा गरिन् । सामाजिक आर्थिक विकासमा नर्वेले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै कोइरालाले थप सहयोगका लागि आग्रहसमेत गरेकी थिइन् । प्रत्युत्तरमा नर्वेली विदेशमन्त्रीले नेपाललाई हुने सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै संविधान लेखन कार्य समयमै सकिएर नेपालमा शान्ति स्थापना भएको हेर्ने चाहना नर्वेको भएको बताएका थिए । नेपालमा महिला सशक्तीकरण, मानवअधिकारको सुनिश्चितता, ओएचसीएचआर र ल्यान्डमाइन सन्धि सम्बन्धमा पनि उनीहरुबीच छलफल भएको थियो । भेटपछि कोइराला नर्वेली वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री इरिक सोलेमद्वारा आयोजित दिवाभोजसहित छलफलमा व्यस्त भइन् । सो अवसरमा कोइरालाले आपसी सम्बन्ध र नेपालप्रति नर्वेको सहयोग स्मरण गराउँदै पर्यटन वर्ष २०११ सफल बनाउने प्रमुख दलको प्रतिबद्धता सुनाएकी थिइन् । मन्त्री इरिकले नेपालको शान्तिप्रक्रियाका सकारात्मक क्षण स्मरण गर्दै यो तार्किक निष्कर्षमा पुग्ने आशासमेत व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । कोइरालाका साथ उनका सल्लाहकार चिरञ्जीवी नेपाल, सभासद् एवं सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव पनि थिए भने नर्वेली प्रतिनिधिमण्डलबाट महामहिम थोर गिसलेसन, नेपालका लागि नर्वेली राजदूत टोर तोराङ र नेपालको शान्तिप्रक्रियाका विशेष दूतलगायत अन्य विशिष्ट अधिकारी सामेल थिए । कोइराला एनआरएन नर्वे र नेपलिज स्टुडेन्ट्स एसोसिएसन नर्वेको कार्यक्रममा पनि सहभागी भएकी थिइन् ।
|
Last Updated : 2010-03-16 07:09:02 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










