

बेल्जियममा २१३७ सौं ताकल्हो शेर्पा ल्होसार
बेल्जियम/शेर्पा समाज बेल्जियमले गत मार्च ६ तारिखमा बेल्जियमस्थित ल्युभेन सहरमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित २१३७ सौं ताकल्हो शेर्पा ल्होसार पर्व मनाएको छ । कार्यक्रममा अमेरिकाबाट देन्डी शेर्पा, स्पेनबाट पेम्बा छोटी शेर्पालगायत कलाकारहरुले प्रस्तुति दिएका थिए । साथै, बेल्जियमका स्थानीय शेर्पा कलाकारले पनि कार्यक्रममा भाग लिएका थिए । यसवर्ष युरोप तथा अमेरिकालगायत अन्य विभिन्न देशबाट आएका अतिथिका कारण ल्होसार पर्व केही भिन्न र आकर्षक भएको सहभागीको प्रतिक्रिया थियो । सो पर्वमा स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, युके, युएसए, जर्मनी, स्पेन, पोर्चुगललगायतका देशबाट समेत उल्लेख्य सहभागिता रहेको शेर्पा समाज बेल्जियमले जनाएको छ । बेल्जियम शेर्पा किदुगका उपाध्यक्ष कर्मा लामाको सभापतित्वमा सञ्चालित कार्यक्रमको विशेष अतिथिमा उपप्रधानमन्त्री सुजाता कोइराला, नेपाली दूतावास बेल्जियमका राजदूत प्रमेशकुमार हमाल र अन्य अतिथिमा एनआरएन बेल्जियमका अध्यक्ष पीजी शेर्पा, शेर्पा किदुग युकेका उपाध्यक्ष दावा सोनाम शेर्पा, पासाङ देन्डी शेर्पा (जर्मनी), पेम्बा शेर्पा (पोर्तुगल) र तमु समाज बेल्जियमका अध्यक्ष बालेन्द्र तमु थिए । वांगेल लामा र यांगडी शेर्पाको आकर्षक उद्घोषणमा सञ्चालित कार्यक्रममा फुला लामाले स्वागत मन्तव्य दिए भने अन्य युरोपेली मुलुकबाट आएका अतिथि शेर्पाहरुलाई खादा ओढाइएको थियो । बेल्जियम शेर्पा किदुगका अध्यक्ष सोनाम लामाले स्वागत मन्तव्य दिएका थिए । दोस्रो चरणको सांगीतिक मनोरन्जनात्मक कार्यक्रम भोलिपल्ट बिहान ६ बजे सकिएको थियो ।
|
Last Updated : 2010-03-16 07:10:02 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










