

चोरी घट्नामा संलग्न चार पक्राउ
ललितपुर, १६ पुस । महानगरीय प्रहरी परिसर जावलाखेलले चोरीका तीन ठूला घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेक जनाएको छ । ललितपुर इमाडोल-९ सेतीपाखामा डेरा गरी बस्ने बेलायती नागरिक पौल किङको कोठाबाट यही पुस १२ गते १४ हजार रसियन रुवल र सातसय अमेरिकी डलर चोरी गर्ने सिन्धुपाल्चोकका भीमटार-९का यज्ञबहादुर माझीलाई प्रहरीले प्रक्राउ गरेको छ । माझी किङको घरमा काम गर्दै आएका थिए । परिसर प्रमुख केदारमान सिंह भण्डारीले रू.६० हजार बराबरको धनमाल लुटपाट गरेको अभियोगमा दोलखा सैलुङ्गेश्वर-४ का २४ वषिर्य लीलाबहादुर श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । श्रेष्ठले अन्य एक साथीसँग मिलेर यही पुस १२ गते टिकाथली-६ का डा.दुर्गाप्रसाद भण्डारीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकान्तकुना डेरा गरी बस्ने सिन्धुपाल्चोकका सागर लाम र युगल शेरचन छन् । उनीहरूले यही पुस १३ गते राती गोदावरी-४ बस्ने राजु उपाध्यायको रू. एक लाख ६७ हजार पर्ने बा.१४ प २१२६ नम्बरको हार्डफोर्ड मोटरसाइकल चोरी गरेको परिसर प्रमुख भण्डारीले बताउनुभयो । रासस
|
Last Updated : 2008-12-31 17:32:45 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










