

Dispaly Content 
१९ वर्षे जोवनमा रागिनी उपाध्याय लखनउको कलेज अफ फाइन आर्टस्मा पढ्थिन्, उनलाई मन पराउने ठिटाहरु दर्जनौं थिए । हिरिक्कै हुन्थे उनीप्रति । विश्वनाथ भन्ने केटा त पागलै भएको थियो रे ! रागिनीसामु उसले कहिल्यै प्रेम प्रस्ताव राख्न सकेनछ । एकोहोरो प्रेमको सिकार बन्यो । रागिनीलाई एक दिन पि्रन्सिपलले बोलाएर भनेछन्, 'रागिनी विश्वनाथ त जतिखेर पनि तिम्रै नाम लिन्छ । के भएको ?' जवाफमा भनिछन्, 'सर मेरो यसमा कुनै दोष छैन । उसले मन पराउँछ भन्ने मलाई थाहा पनि थिएन ।' पछिसम्म पनि विश्वनाथ उनकै नाम लिइरहन्थ्यो रे ! त्यस्तै एकजना इरानी केटाले एक महिनासम्म पछ्याइरह्यो । कलेजबाट जब रागिनी बाहिर निस्कन्थिन्, ऊ हातमा गुलाबको फूल लिएर पर्खिरहेको हुन्थ्यो । एक महिनासम्म यसैगरी पर्खियो उनलाई । तर, ब्यर्थै भए ती पर्खाइहरु । रागिनीलाइ तीमध्ये कसैले आफ्नो बनाउन सकेनन् । न त रागिनीले सकिन् । करबि छ वर्षपछि जर्मनी र बेलायतमा अध्ययन गरेर नेपाल फर्किन् रागिनी । त्रिपुरेश्वरको होटेल ब्लु स्टारमा आर्ट ग्यालरी खोलिन् । यहाँबाट कलाको ब्यापार थालिन् । मानिसहरुको ओहोरदोहोर बढ्न थाल्यो । एकदिन अल्बर्ट नामका विदेशी फ्रेम बनाउन आइपुगे तर, उनले फ्रेम बनाउन्नथिन् । ग्यालरी पुग्नुअघि सुपरमार्केट थियो । ती विदेशी भोलिपल्ट सुपरमार्केट जान भनेर आए । यसरी आउँदा रागिनीसँग आँखा जुझ्न थाल्यो । सुपरमार्केट जाने बहानामा हरेक दिन उनीसँग चिया खाँदै घण्टौं गफिन्थे अल्बर्ट । विस्तारै भेटघाटको क्रम बाक्लिँदै गयो । भेट नहुँदा बिहान बेलुका घण्टौ फोनमा गफिन्थे उनीहरु । बिहान रागिनी ओछ्यानमै हुन्थिन्, अल्बर्टको टेलिफोनको घण्टीले ब्युँझाइसकेको हुन्थ्यो । थरि थरिका रङ प्रयोग गर्दै क्यान्भासमा सुन्दर आकृति बनाउने रागिनीले मनको क्यान्भासमा त्यसैबेलादेखि अल्बर्टको तस्बिर बनाउन थालिसकेकी थिइन् । मनको फ्रेममा सधैंका लागि कैद भइसकेका थिए अल्बर्ट, जो पछि उनकै जीवनसाथी बन्न पुगे । दुवैजनाले ६ महिनासम्म काठमाडौंका रमणीय ठाउँ घुमेर बिताए । कहिले नगरकोट, कहिले धुलिखेल त कहिल्यै गोदावरी र दक्षिणकाली सदाबहार उनको गन्तब्य हुन्थे । बिहे गर्नुअघि नै सँगै बसौं भन्थे अल्बर्ट तर रागिनीले परविारकी कान्छी छोरी हुन् रागिनी । अल्बर्टको विवाह प्रस्ताव स्वीकारिदिन बुबासँग आग्रह गरेकी थिइन् । बुबाले त उनको कुरा सजिलै लिए तर आमाले भने गाह्रो मानिन् । उता बेल्जियममा हुनेवाला सासूले पनि स्वीकार्न सकिनन् । गरबि देश, त्यसैमाथि कलाकारकस्तो होला ? रागिनीका विचारमा सायद यस्तै सोचिन् सासूले । सानैदेखि कडा स्वभावकी थिइन् रागिनी । सोच्थिन्, वंश कर्मले चल्छ, रगतले होइन । त्यसैले छान्न पुगिन् बेल्जियमका अल्बर्ट ग्रेलालाई । जो पेसाले एगि्रकल्चर इन्जिनियर हुन् । शेषनारायण मन्दिरमा भब्यरुपमा सम्पन्न भयो उनको विवाह । बुबाले कन्यादान दिए । 'परिवारकी कान्छी छोरी हुनाले मैले नै बुबाको सपना पूरा गरें । रागिनीको पेसामा निकै सहयोग गरेका छन्, श्रीमान्ले । छोरी शिवाथाको पढाइमा पनि खुब ध्यान दिन्छन् । खानपिन, डि्रङ्स र लुगामा सौखिन छन् । रागिनीको आँखामा उनी 'एकदम संवेदनशील र करुणा भरएिका पुरुष हुन् ।' भन्छिन्, 'बाटोमा नाङ्गो खुट्टाले हिँडेको केटाकेटी देख्दा उहाँको आँखाबाट आँसु आउँछ ।' एक दिन दक्षिणकाली मन्दिर घुम्न गएको बेला विदेशी भनेर अल्बर्टलाई भित्र पस्न दिइएनछ । रागिनी मन्दिरभित्रबाट फर्केर आउँदा उनको आँखाभरि आँसु थियो । पछि थाहा पाइन, मन्दिरबाहिर खसी मारेको देख्न नसकेर उनले आँसु खसालेका रहेछन् । रागिनीका विचारमा माया भनेको त्याग र सम्झौता हो भने विवाह मानिसले बनाएको वैधानिक वेश्यागमन । विवाहअघि श्रीमान्सँग उनको सेक्स भयो कि भएन ? 'त्यो चाहिँ भन्दिन,' उनले भनिन् । अहिले रागिनीको जीवन रमाइलोसँग बितिरहेको छ । प्रायः नेपालमै बस्न रुचाउँछिन् । वर्षमा यस्तै दुई महिनामात्र घुम्न बाहिर निस्कन्छिन् । आफ्नो कला प्रर्दशनि गर्न देश विदेश हिँडिरहेकै हुन्छिन् । परविारबाट कुनै रोकटोक हुन्न । २७ वर्षअघि ८ जना जर्मन लिएर धुलिखेलको लजमा भाषा प्रशिक्षकका रुपमा पुगेकी थिइन् तुलसा अमात्य । तीनजना डच अर्को गु्रपमा थिए । दिनभर िसँगै क्यारेमबोर्ड खेलिन्थ्यो । बेलुका एउटै मेचमा खाना खाइन्थ्यो । ६ वर्षसम्म राज्यविहीन भएर बसे उनका छोराछोरी । उनका श्रीमान् परिवारका एक्ला छोरा हुन् । तुलसाका लागी देश त्यागे, परिवार त्यागे, जागिर त्यागे, साथीभाइ त्यागे, सबै त्यागे । उनैलाई संसार ठाने । सर्वस्व ठाने । जीवन सुम्पिए । तुलसाको कुन कुरा मन पराउँछन् बासभान ? मुस्कुराउँदै भने,'मन पराउने धेरै कुरा छ । नत्र त किन बिहे गर्थें र ?' फेरि थपे, 'त्यो बेला तुलसाको लामो कपाल थियो । यसले पहिलो नजरमै मेरो आँखा तान्यो । फुर्तिफार्ती र इनर्जेटिक पनि देखिन्थी । जुन कुरा मलाइ मन पर्यो ।' दार्जिलिङमा जन्मिएकी गायिका अभया सुब्बाले विदेशीलाई नै आफ्नो जीवनसाथी बनाइन् । प्रारम्भिक शिक्षा लरेटो कन्भेन्टाबाट पूरा गरेकी अभयाले उच्चस्तरको शिक्षा दिल्लीबाट लिइन् । १३ वर्षअघि आफ्नो दिदीको बिहे हुँदा स्टेजमा उनले गीत गाइन् । काइ वाइजे नामका एक जना विदेशी उनका दाइसँग त्यही विवाहको पार्टीमा सामेल थिए । काइले निकै मन पराए अभयाको गीत । यसबेला थोरै बोलचालमात्र भयो । अभया पढ्न फेर िदिल्ली गइन् । करबि दुई वर्षपछि, मुम्बईस्थित सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा बिए र दिल्ली युनिभर्सिटीबाट एलएलबी गरेपछि उनी नेपाल फर्किइन् । कुमारीपाटीमा बस्थिन् उनी । काइको घरै ठमेलमा थियो । यसपछि बाक्लियो उनीहरुको भेटको शृंखला । न्यु समिट होटेलमा दिनको ३ घण्टासम्म गफिन्थे उनीहरु । काइले एक दिन विवाहको प्रस्ताव गरे । उनले सहजै स्वीकारनि् । परविारबाट पनि खासै अवरोध भएन । फलस्वरुप उनले प्रस्ताव गरेको ५ महिनाभित्रै उनीहरु विवाह बन्धनमा बाँधिए । स्वीट्जरल्यान्ड घर भएका काइ पेसाले आर्किटेक्ट प्लानर हुन् । अहिले साथमा आठ वर्षको छोरा रेडन छ । जो नाम चलेको बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्छ । श्रीमानको मनपर्ने पक्ष धेरै छन् अभयालाई । नम्र, दयालु, सहानुभूति, फराकिलो सोच, तीक्ष्ण बुद्धि । भन्छिन्, 'ही इज फर्केक्ट । उसको सबै कुरा मनपर्छ ।' उता काइलाई पनि अभयाको मनपर्ने पक्ष छ । 'उनले नढाँटीकन खुलस्त व्यवहार गर्छिन् ।' अभयाले पकाएको खाना एकदम मीठो लाग्छ काइलाई । आफैँ चाहिँ खाना बनाउँछन् कि बनाउँदैनन् ? 'एकचोटी बनाएँ । त्यो दिनदेखि अभयाले किचेनमा छिर्नै दिइनन्,' हाँस्दै भने । घुमघाम गर्न खासै रुचाउँदिनन्, अभया । जहिले पनि गीत संगीतमै डुबिरहन मन लाग्छ । उनी अर्को जुनीमा पनि गायिका नै बन्न चाहन्छिन् । विवाह भनेको महिलामाथि पुरुषहरुको थिचोमिचो हो भन्ने लाग्छ सारंगा श्रेष्ठले अमेरकिन नागरकि रेगिनाल्ड ई ह्यारसिनसँग बिहे गरेर उतै गइसकिन् । रेगिनाल्ड मेरिल्याण्डमा घरजग्गासम्बन्धी काम गर्ने ब्यापारी हुन् । त्यस्तै मोडल सराह गुरुङ स्काई टेटसुकी नामक जापनिज केटा, जो गार्मेन्ट ब्यापारी थिए, सँग बिहे गरेर विदेश पलायन भइसकेकी छन् । पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीना आचार्य अर्थशास्त्र पढ्न रसिया गएकी थिइन् सन् १९६० मा । एउटै विश्वविद्यालयमा अध्ययनरत छँदा रसियन छात्र भिक्टर अलकेसेभिच सिजाकोभसँग निरन्तर भेट हुन थाल्यो । भेटले एकअर्काको मुटु साटासाट भयो । बिहे गर्ने योजना बन्यो । तर, विवाह गर्नुअघि मीनाले नेपाली नागरकिता त्याग्नुपथ्र्यो । तत्कालीन प्रधानमन्त्री रहेका उनका बुबा टंकप्रसाद आचार्यको सहयोगले मस्कोमा उनले विवाह गरिन् । तीन महिनापछि तिनै डच गु्रपमध्येका एक बासभान डोयसबर्गले तुलसालाई भेट्न चाहे । टेलिफोनमा भने, 'तिमीसँग एउटा कुरा छ ।' 'ओके यु क्यान कम इन् माई अफिस,' तुलसाले भनिन् । तर, बासभानलाई अफिसमा भन्दा बाहिरै भेट्न मन लागेछ । अनि तुलसाले डिल्लीबजारस्थित घरमै बोलाइछन् । अलिकति डराएको भाषामा उनले तुलसासामु भनेछन्, 'आई वान्ना म्यारी यु ।' उनले झपार्दै भनिन्, 'यु ड्रङकर्ड । इट् इज इम्पोसिबल ।' एकैछिनमा सान्त्वना पनि दिइन्, 'यदि तिम्रो त्यस्तै इच्छा छ भने कोही अरु केटी मिलाइदिन सक्छु । तर, म तिमीसँग बिहे गर्न सक्दिन ।' तुलसाको यो जवाफ सुनेर त्यो दिन निरास हुँदै फर्किए बासभान । राति खाना पनि खान सकेनन्, रुँदै रात बिताए बासभानले । यता तुलसा भने बुबाले जसलाई दियो, उसैसँग विवाह गर्ने सपना बनाउँदैथिइन् । अर्कोदिन फेरि उनी निरास हुँदै आइपुगेछन् । कामको सिलसिलामा डोटीतिर जान लागेका रहेछन् । सिरयिस हुँदै 'म तिमीलाइ चिठी लेख्न सक्छु ?' भनेछन् । 'चिठी लेख्न सक्छौ तर लभ लेटरचाहिँ होइन ।' जवाफ सुनेर निरास हुँदै फेरि फर्केछन् । तुलसाले चार पेजको लामो चिठी लेखेर पठाइन् । अन्ततः नेपाल आउन बाध्य भए उनका सम्भावित सासूससुरा । बिहेअघि चार सर्त तेस्र्याइन् आफ्ना पतिसामु । तिम्रो देशमा दोस्रो दर्जाको नागरकि भएर म जाने छैन, चुरोट र रक्सी त्याग्नु पर्नेछ । यस्तै अरु पनि । नेवारी परम्परा अनुसार चार दिन लगाएर उनको विवाह भयो । त्यतिबेला २६ वर्षको उमेर थियो तुलसाको । अहिले बिहे गरेको पनि अहिले २६ वर्ष पुगिसकेको छ । दुई छोरी र एक छोरा छन् । उनलाई एउटा कुरामा भने खेद छ । आमाको नामबाट नागरकिता पाउनुपर्छ भनेर नेपालमा सबैभन्दा पहिला लडाइँ गर्ने उनै हुन् । छोरासरह छोरीले पनि पैतृक सम्पत्ति पाउनुपर्छ भनेर कडारुपमा माग गर्ने पनि उनै हुन् । तर, जीवनभर राज्यका लागि त्यत्रो समपर्ण गरेकी तुलसालाई राज्यले चिनेन । उनलाई सधैं विदेशमा बस्न मन लागेन । नेपालमै बस्न चाहिन् तर, यो सम्भव भएन । पछि उनीहरुको डिभोर्स भयो । शाहीकालीन मन्त्री डा दुर्गा पोखरेलले कृषिविज्ञ एन्थोनीसँग विवाह गरनि् । तीन छोराका साथ अहिले उनी अमेरिकामै छिन् । सबै आफ्ना श्रीमानको न्यानो अंगालोमा कस्सिरहँदा मञ्जुश्री थापा भने श्रीमान्को काखबाट टाढिएकी छन् । बालुवाटारको घरमा एक्लै दिन बिताइरहँदा उनका श्रीमान् लेखक तथा पत्रकार ड्यानियल ल्याक क्यानाडा बस्छन् । धेरै समयपछि निकै थोरै मात्र भेट हुन्छ उनीहरुको । त्यसो त मञ्जुश्री आफूलाई अविवाहित भन्छिन् । कुरा बुझ्न अलि गाह्रो छ । ड्यानियललाई श्रीमान् भन्न पनि हिच्किचाउँदिनन् । ड्यानियलसँग उनले सम्झौता गरेकी छन्, कहिल्यै बच्चा नजन्माउने तर सँगै बस्ने । मन मिलेपछि विदेशी भनेर नहुने रहेछ । मनै त हो, विदेशीलाई नै अंगाले नेपाली चेलीले । –नरेन्द्र रौले naren.raule@gmail.com
मानिनन् । दिउँसो जहाँ घुमे पनि साँझ आफ्नै घर फर्किहाल्थिन् ।
छवटा भाषा बोल्न सिपालु उनी पहिले युनिसेफमा काम गर्थे । अहिले खासै केही गर्दैनन् । उनीहरुको प्रायः समय भने नेपालमै बित्छ । वर्षमा एकपटक घुम्नका लागि बाहिर जान्छन् । परिवारमा कहिलेकाहीँ ठाकठुक हुनुलाई स्वाभाविक ठान्छिन् तुलसा । 'नो फाइट, नो लभ इन लाइफ,' मुस्कुराउँदै भनिन् । जीवन एक सम्झौताझै लाग्छ उनलाई । कोसँग ? 'थुप्रै कुरासँग सुखदुख, ब्यक्ति, राज्य, परिवारसँग ।' यसबाहेक जीवन सुन्दर र मनमोहक पनि लाग्छ ।
अभयालाई । तर, उनका श्रीमान्ले कहिल्यै थिचोमिचो गरेका छैनन् रे !
दुई वर्ष पछिसम्म पनि तुलसाप्रति उनको तृष्णा मेटिएको रहेनछ । उनका बुबालाई पनि भेटेछन् । बुबाले धेरै कुराको सोधिखोजी गरेछन् । दाइले पनि सहमति दिएछन् । बिहेको कुरो त छिनियो तर उता नेदरल्यान्डमा बासभानको आमाबुबाले भने स्वीकार गरेनन् ।
Views : 685 | Last Updated : 2009-06-12 04:58:51 | Text Size :
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |












