

Dispaly Content 
स्थानः कैलाली तालबन्द
मितिः माघ १६
समयः दिउँसो २
पात्रहरुः अमिट, सिर्जना, पंक्तिकार
(दिउँसो २ बजेको छ । कैलालीको तालबन्दस्थित माओवादी मुख्य शिविरमा भर्खरै अयोग्य लडाकुको बिदाइ कार्यक्रम सकिएको छ । माओवादी लडाकुहरु यत्रतत्र छरिएका छन् । कोही विछोडिएका साथीहरुलाई बिदाइ गर्न बसस्टपमा पुगेका छन् । कोही छापामारहरु टाटेपांग्रे पोसाकमा इँट्टा तथा काठले बनाइएका अस्थायी शिवितिर लागेका छन् । अयोग्य लडाकुहरु भर्खरै बिदाइको समयमा कमान्डरले लगाइदिएको माला हातमा हल्लाउँदै बसतिर गइरहेका छन् त कोही बिदाइको हात हल्लाउँदैछन् ।)
उनले ती गोरी केटीको आँखामा हेरे । मुसुक्क मुस्कुराए । भर्खर टिनएजबाट वयस्क उमेरतिर लम्कँदै गरेकी गोरी केटी पनि के कम थिइन र ! उनले पनि पनि त्यसैगरी हेरिन् । दुवैले लजालु आँखा जुधाए । उनीहरु एकअर्काको नजिक पुग्न सकेनन्, केही मिटर दूरीबाँटै कुराकानी गर्न थाले ।
खै केले छेकिरहेको थियो कुन्नि ! ती युवक चारैतिर आँखा दौडाउँदै थिए । बेला-बेलामा गोरी युवतीलाईर् एकटकले हेर्थे । एकछिनपछि उनी ती युवतीको नजिक सरे र एकछिन सँगै उभिएर संवाद अघि बढाए । छापामार प्रेमजोडी अमिट र सिर्जना यो दृश्यका पात्र थिए । पंक्तिकारको पटक-पटकको आग्रहपछि मात्र उनीहरु एकदुई पोज फोटो खिचाउन र केही बोल्न राजी भए ।
डडेल्धुराका २२ वर्षे अमिट र बैतडीकी २० वर्षे तन्नेरी सिर्जना ७ वर्ष लामो छापामार लडाइँका योद्धा हुन् । उनीहरुले थुप्रै छापामार कारबाहीमा
भाग लिएका छन् । भन्छन्, "लडाइँ त कति लडियो, लडियो ।" छापामार युद्धका रोमाञ्चकारी सम्झनाहरु कति छन् कति उनीसँग ।
तर, ७ वर्ष लामो युद्ध लडेकी सिर्जना कुवँर अनमिनको प्रमाणीकरणमा अयोग्य भएपछि कैलालीको तालबन्दस्थित माओवादी मुख्यालयबाट उनको बिदाइ भइसकेको थियो । उनी आफूलाई घरसम्म पुर्याइदिन तयारी अवस्थामा राखिएका बसहरुको छेउमा पुगेकी थिइन् । केही समयअघि नै अमिट (दीपक भाट) उनकै पर्खाइमा त्यहीं कुरिरहेका थिए । उनी अनमिनको प्रमाणीकरमा योग्य थिए । तर, किन हो कुन्नि- उनीहरुले धक फुकाएर कुराकानी गर्न सकिरहेका थिएनन् ।
लाग्थ्यो- उनीहरुबीच अझै धेरै दूरी छ, नजिक पुग्न चाहन्थे । एकअर्काको अँगालोमा बेरिन चाहन्थे । मायालु गुलाबको एक थुंगा फूल थमाउन चाहन्थे र चकलेटी स्वादको एक मीठो चुम्बन साट्न चाहन्थे । तर, छापामार प्रेमजोडी भएकै कारण उनीहरुले जतिखेर पनि अँगालोमा बेरिने र चुम्बन साट्ने अवसर पाएनन् । "कम्युनिस्ट नैतिकताले बाँधिएका छौं, आफूले चाहेका सबै कुरा गर्न मिल्दैन", अमिटले आÏनो दमित इच्छा पोख्दै भने ।
आँखाहरुमा रुमानी कल्पनाहरु थिए । प्रेमवेदनाको निवेदन पनि त्यत्ति नै गहनरुपमा प्रकट भएको थियो । तर, प्रकट गर्ने उपयुक्त समय र ठाउँ नै थिएन यो छापामार जोडीका लागि । "यो त वैचारिक प्रेम न पर्यो, हामी बाहिर संसारमा हुन्थ्यौं भने त्यस्तै गथ्यौर्ं होला", अमिटले थपे ।
प्रेम कसरी भयो त ? उनीसँग यसको सरल जवाफ छ । भन्छन्, "मन पराएपछि, देखेपछि ।" कसरी मनपर्यो त ? लजाउँदै भने, "देखेपछि, उनको बानी व्यहोरा मनपरेपछि ।"
युद्धको मोर्चामा गोलाबारुदसँग लुकामारी खेल्दाको समयमा अमिटले एउटा क्रान्तिकारी सहयोगीको आवश्यकता महसुस गरिरहेका थिए । सुखदुःख बिर्साउन र एक्लोपनलाई पन्छाउनबाहेक युद्धमा आफूलाई सधैं अगाडि बढ्न प्रोत्साहन गरिरहून् भन्ने चाहनामा सधैं डुब्थे उनी । भन्छन्, "युद्धका जटिलताहरु थिए, म चाहन्थें- उनी मनमा आउने गलत विचारहरु चिर्ने राम्रो सहयोगी बन्न सकून्, सहकार्य गर्दै जाँदा मैले उनलाई नजिकबाट चिनें र दरिलो साथ अनि आडभरोसा पाएँ । अनि मैले उनीसँग प्रेम प्रस्ताव राखें ।"
सिर्जना पनि अमिटको असल बानी र उनको क्रान्तिकारीपनबाट प्रभावित भइसकेकी रहिछन् । भन्छिन्, "उसले सुरुमा नै माक्र्स र जेनीको प्रेमसम्बन्धबाट हाम्रो प्रेमसम्बन्ध निर्देशित हुनुपर्छ भन्ने कुरा राख्यो र मलाई आफूले मनपराएको कुरा बतायो । म पनि ऊबाट पहिले नै प्रभावित भइसकेकी थिएँ, आखिरमा दिल बसेरै छाड्यो ।"
२० वर्षे जीवनको उकालो चढ्दै गरेकी सुन्दरीसँग मन जित्ने के गुण थियो त अमिटमा ? भन्छन्, "माया मनमा हुँदोरहेछ, उनलाई देखेपछि नै मैले मेरो मुटुमा सजाउन थालिसकेकी थिएँ । यद्यपि, युद्धताका विविध बाध्यताहरु थिए, जसका कारण हामीले युद्धमा नै प्रेमलाई व्यवस्थित गर्न सकेनौं ।" उनी एक जिम्मेवार छापामार कमान्डर बनेर प्रस्तुत भए ।
प्रेमले मानिसलाई युद्धमा कमजोर पार्छ, हो ? पंक्तिकारको प्रश्नमा अमिट एउटा रेड सिपाहीजस्तै गर्जिए, "अहँ, त्यस्तो हुनै सक्दैन । बरु, यसले त अझ डाइनामाइटको काम गर्छ, दुस्मनका मेसिनगन खोस्न र बंकरमा पड्कन ।"
सिर्जना पनि के कम ! उनले पनि बेलाबेलामा अमिटमा उत्पन्न हुने भावनात्मक आवेगहरुलाई निराकरण गर्न सहयोग गरिरहिन् । भन्छिन्, "युद्धमा झेल्नुपर्ने कष्टहरुबाट बेला-बेलामा उहाँ आत्तिनुहुन्थ्यो, त्यतिबेला म उहाँलाई कन्भिन्स गर्थें ।" त्यस्तै सिर्जनामा उत्पन्न हुने निराशा हटाउन अमिटले पनि सहयोगीको भूमिका खेल्थे ।
युद्धताका प्रेमसम्बन्ध कसरी अगाडि बढ्यो ? अमिट भन्छन्, "युद्धमा कहिले विजयका खुसी र कहिले पराजयको दुःख मनाउँदै बित्यो । हामी दुवैको व्यक्तिगत जीवन नै नभएकाले पराजय हुँदा निराश हुन्थ्यौं र विजय हुँदा खुसी । खुसी र दुःखको चक्रमा नै हाम्रो प्रेमजीवन अगाडि बढ्यो ।"
युद्धमा विकसित सम्बन्ध कसरी शंकारहित र स्वच्छ हुनसक्छ ? यौनजीवन कस्तो हुन्छ त ? "कम्युनिष्ट प्रेम हो हाम्रो, बुर्जुवाहरुको जस्तो हुँदैन", अमिटले एकै शब्दमा प्रश्नको बिट मारे । आफू कति सुन्दर छु जस्तो लाग्दो होला सिर्जनालाई ? उनको त सुन्दरताको परिभाषा नै बेग्लै छ, "सौन्दर्यमात्र सबै चिज होइन । मुख्य कुरा त माक्र्सवादी विचार र कम्युनिस्ट आदर्श हो ।" कम्युनिस्ट भन्ने शब्द उनको आदर्श बनेको छ । मानौं, त्यो शब्द पनि उनको प्रेमजीवनको अभीन्न अंग हो ।
बिछोड भए माया कम हुँदैन र ? जब बिछोडको कुरा निस्कन्छ, उनी फेरि घुम्दै-फिर्दै आदर्श प्रेमको परिभाषामै डुबुल्की मार्छिन् । "यस्तो हुन सक्दैन, यो त बुर्जुवा प्रेमीहरुका लागि हो । हामी त पार्टीको आवश्यकताअनुसार काम गर्ने हो । भौगोलिक दूरीले केही फरक पर्दैन । भावना र विचारमा त हामी सँगै छौं", उनी भन्छिन् । सिर्जनाको विचारमा बुर्जुवा प्रेम शारीरिक आकर्षणको वस्तुमात्र हो, जहाँ वैचारिक र भावनात्मक पक्षको उपस्थिति हुँदैन ।
अरु आम प्रेमी-प्रेमिकाले जस्तै उनीहरुले पनि जीवनमा प्रेमको प्रतीकस्वरुप गुलाबको फूल आदानप्रदान गरे । आखिर प्रेममा गुलाबको महत्व किन भयो होला त ? यो कुरा उनले कहिल्यै सोचेनन् रे ! "सायद माया पनि गुलाबको फूलजस्तै प्रगाढ बनोस् भनेर होला", अनुमान लगाए अमिटले । प्रख्यात टाइटानिक प्रेमकथा नहेरे पनि पनि माक्र्स र जेनीका थुप्रै प्रेमपत्रहरु उनले पढेका छन् । पावेल कर्चागिनको रोमान्टिक प्रेमसम्बन्धका जानकार पनि हुन् उनी । माक्र्सले कति वर्ष प्रेम गरे ? उनलाई यो प्रश्नको उत्तर दिन गाह्रो छैन । भन्छन्, "१४ वर्ष ।"
विवाह कहिले गर्ने त ? अमिट भन्छन्, "विवाहका लागि हतारो छैन । अब त्यो त जहिले गरे पनि हुन्छ ।" उनीहरु एकआपसको बिछोडबाट पनि प्रभावित बनेका छैनन् । "भौतिकरुपमा टाढा भएपनि गाह्रो हुँदैन । मुख्य कुरा विचार हो, मन मिलेपछि सबै सहायक हुन्छन्", अमिटको यही दर्शनले उनलाई अबका दिनमा सिर्जनादेखि टाढा रहन मद्दत गर्नेछ ।
सिर्जनाले प्रेमसम्बन्धलाई विवाहमा लगेर टुंग्याउने सुरमा छिन् । "म विवाह हुने कुरामा पक्का छु । हाम्रो प्रेमसम्बन्ध नै विवाहका लागि हो", उनले भनिन् ।
शिविरबाट अयोग्य सावित भएपछि घर फर्किन लागेकी प्रेमिकासँग अमिटले धेरै कुरा गरेनन् । न त सिर्जनाले नै धेरै मनका कुरा साट्न पाइन् । अमिटले सिर्जनालाई रोकिएको पढाइलाई निरन्तरता दिन आग्रह गरे र नियमित फोन सम्पर्कमा रहन भने । सिर्जना पनि उनलाई भौतिक अनुपस्थितिले केही फरक नपार्ने भएकोले आफूलाई विश्वास गर्न सुझाव दिइन् र आफू नियमित फोन सम्पर्कमा रहने वाचा गरिन् ।
गाडी हर्न बजाउन थालिसकेको थियो । अमिटले एकटकले प्रेमिकाको आँखामा पहिलेजस्तै हेरे र उनलाई बिदाइको मुठ्ठीले लालसलाम टक्र्याए । सिर्जनाले पनि एकटकले अमिटको अनुहारभरि हेरिन् र मुठ्ठी कसी अभिवादन फर्काइन् । उनीहरु दुवैको अभिवादनभित्र मायाका असीम भावनाहरु थिए । सायद उनीहरु ब्यारेकबाहिरको संसारमा भएको भए अभिवादन होइन, अँगालोमा बेरिन्थे र एकअर्कालाई गुलाबको रातो फूल उपहार टक्र्याउँदै निष्फिक्री 'आई लभ यु' भन्थे होलान् ।
-जनक तिमिल्सिना
Views : 359 | Last Updated : 2010-03-02 09:52:03 | Text Size :
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |












